प्रताप दासको ‘हिमाल हौ तिमी’ सार्वजनिक

गायक प्रताप दासको सुमधुर आवाजमा रहेको गीत  हिमाल हौ तिमि सार्वजनीक भएको छ । मदन दुलालको शब्द रचना अनि प्रकाश नेपालीको संगीत रहेको यस गीतमा मानसी किरणको संगीत संयोजन रहेको छ ।  भिडियोमा चर्चित मोडल अन्जली अधिकारीको साथमा कलाकार तथा मोडल राज खड्काको अभिनय रहेको छ । राज खड्का यस भिडियोका निर्देशक पनि हुन् । अन्जुली इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई मधुर बस्नेतले छाँयाङकन अनि राजिव समरले कोरियोग्राफी र सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।