को बन्ला हस्पिटालिटीको विजेता ? फोटो फिचर

चौथोँ संस्करणको हिमाअस हस्पिटालिटी नेपाल कन्टेस्ट हुने भएको छ। पोखरामा आयोजना हुने उक्त प्रतियोगीतामा १४ जना प्रतिस्पर्धीले भाग लिने छन्। जसमा सह-प्रायोजकमा यसोदा फुड प्रालिको उत्पादन ‘करेन्ट हट एण्ट स्पाइसि र लाली तयारी चाउचाउ’ रहेका छन्। यस्तै हस्पिटालिटी नेपाल कन्टेस्टका लागि शुक्रबार नै एपी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डे र यसोदा फुड्सका कर्पेरिट म्यानेजर छबिलाल शर्माबीच सह–प्रायोजक रहने गरी सम्झौता भएको छ।

हस्पिटालिटी नेपाल कन्टेस्टको ताज जित्ने पहिलो प्रतियोगीले थाइल्याण्ड भ्रमणको प्याकेज  लगायत का अन्य पुरस्कार पाउने  एपी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक  पाण्डेले जानकारी दिए। यसका साथै दोस्रो र तेस्रो हुनेले विभिन्न क्षेत्रको प्रोमोसनल भिडियोमा काम गर्ने अवसरका र नगद पुरस्कार प्राप्त गर्ने प्रबन्ध निर्देशक पाण्डेले जानकारी दिएका छन्। ‘कन्टेस्ट’ मा सहभागी हुने प्रतियोगिहरुले प्रतिस्पर्धाका लागि वारिष्टा ट्रनिङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्केटिङ स्किल, कम्युनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरु लिइरहेका छन्।
तस्विर :एस टु प्रोडक्सन