सेप्टेम्बरबाट ‘हट एयर बेलुन उडान’ पुनः सन्चालन हुदै

भ्रमणवर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यस बर्षको पर्यटकीय सिजन सुरु भएसँगै सेप्टेम्बर महिनादेखि पुनः उडान सुरु हुने बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले जानकारी गराएका छन् ।गतवर्ष पर्यटकीय क्षेत्रमा नयाँ साहसिक खेलका रुपमा हट एयर बेलुन संचालनमा ल्याएका बेलुन नेपालले आगामी दिनहरुमा अझ ससक्त रुपमा नयाँ कार्यक्रम संचालन गरि नेपाललाई साहसिक खेलको गन्तव्य बनाउनेमा विस्वस्त हुँदै यस सिजनको बुकिङ पनि खुला रहेको जानकारि समेत गराए ।

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले पनि पर्यटन वर्ष २०२० भव्य रुपमा मनाउने उद्घघाेष गरेसँगै बेलुन नेपालका संचालक दीपक श्रेष्ठले अाफुहरुपनि पर्यटन वर्षको लागि अन्तर्राष्ट्रिय रुपमा बेलुन महाेत्सव गराउने जानकारि गरे। बेलायतका एकसफल व्यवसायि एवंम् एनआरएन युके इण्ङल्याण्ड राज्य परिषदमा अध्यक्षमा उम्मेदद्वारि दिएका श्रेष्ठले महोत्सवका लागि युकेमा रहेका ब्यवसायिक पाईलटहरू संग पनि बृहत छलफल भैरहेकाे जानकारि संगै पर्यटन वर्षमा मात्र नभई साहसिक रुपमा उडाइने यस खेल सकेसम्म हरेक वर्ष मनाउन सकिने तर, यसका लागि नेपाल सरकारले आवश्यक सहकार्य गरेमा आफुहरु उत्साहि भएर हरेक वर्ष एक नयाँ पर्यटकीय गन्तव्यमा आयाेजना गर्न सकिने संचालक श्रेष्ठले जानकारी दिए।