जाडोमा बिकिनी ? हैन होला !

नायिका बर्षा सिवाकोटी फिल्म ‘चालबाज’ को छायंकनका लागि दार्जेलिंगमा छिन् । उनको हातमा अहिले २ वटा फिल्म रहेको छ । यहि बीच उनका केहि हट तस्विर सामाजिक संजालमा भाइरल भएका छन् । जाडोमा पनि बिकिनी जस्ता जिज्ञासा आम दर्शकमा धेरै देख्न सकिन्छ ।

तर वास्तविकता अर्कै रहेको छ । फिल्म बिर बिक्रम २ को विदेश प्रदर्शनको समयमा लिएको तस्विर थियो त्यो । उनले ग्रिसमा रहदा केहि समय अघि उक्त तस्विर खिचेकी थिइन् । हेर्दा कुनै व्यवसायिक फोटोग्राफरले खिचे झैँ लाग्ने तस्विर वास्तवमा उनका साथिले लिएका हुन् । जाडो त उनलाई पनि हुन्छ नि । कि कसो वर्षा जी ?