नम्रतालाई किन हट बन्न मन लागेको ?

जायरा फिल्मको लागि काटेको कपाल अझै लामो भैसकेको छैन । तर, अभिनेत्री नम्रता श्रेष्ठको फेसन भने बदलिएको छ ।

प्रसाद फिल्ममा उनले नक्कली कपाल लगाएर अभिनय गरेकी छिन् । जुन नसुहाएको भन्ने टिप्पणी हुन थालिसकेको छ ।

नम्रता श्रेष्ठ इन्टु मिन्टु लण्डनमाको प्रिमियमार पुगेकी थिइन् । कालो वन पिस लगाएर नम्रता निर्देशक दिनेश राउतसँग पुगिन् । नम्रताले रेड कार्पेटमा पोज दिइन् । नम्रताको कपडा हट बनेको देखियो ।

विशेषगरि, नम्रताले लगाएको कालो पहिरन धेरै नै खुलेको थियो । नम्रता यस्तो हट बनेको पत्रकारले विरलै देख्न पाउछन् ।

नम्रताको हट अवतार र छोटो कपाल कति सुहायो, सुहाएन दर्शकले नै मुल्यांकन गर्लान्  ।