होटल मेची क्राउन क्यासिनोमा रोजगारीको अवसर

पुर्वी नेपालको झापा जिल्लामा पहिलो पटक पाँच तारे होटल खुल्ने भएको छ । ‘होटल मेची क्राउन’ नाम गरेको होटल सँगसङै नेपालकै ठुलो क्यासिनो समेत सन्चालनमा आउन लागेको हो ।

यही नयाँ बर्ष २०७७ लाई लक्षित गरेर ब्यवस्थापन टिमले होटल ओपनिङको तयारी  गरिरहेको छ । १०६ वटा सुबिधा सम्पन्न कोठाहरु रहने होटल काकडभिट्टा बोर्डरबाट करिब  ६  किलोमिटरको दुरिमा धुलावारीमा रहने छ । नेपालकै ठुलो क्यासिनो समेत सन्चालन हुने उक्त होटल तथा क्यासिनोका लागि अहिले ठुलो संख्यामा रोजगारी खुलाईएको छ । होटल तथा क्यासिनोमा गरेर करिब ५०० संख्यामा रोजगारी उपलब्ध गराउने टिमको तयारी छ । गोवामा सन्चालित बिग ड्याडी कम्पनीले ब्यवस्थापनाको जिम्मा लिने क्यासिनो करिब ३२००० वर्ग फिटमा फैलिने छ ।

रोजगारीको लागि अनलाइन मार्फत या  धुलाबारीस्थित विद्युत प्राधिकरण कार्यालय अगाडिको अफिसमा गएर पनि आबेदन दिन सकिनेछ ।
https://www.facebook.com/Hotel-Mechi-Crown-106424580941128/?modal=admin_todo_tour