शुभारम्भ हुन लागेको ५ तारे होटल मेची क्राउनमा रोजगारीको अवसर

- मेराेफिल्म

पुर्वी नेपालको झापा जिल्लामा पहिलो पटक द पिक हस्पिटालिटी  प्रा.ली द्वारा संचालन गरीने पाॅच  तारे होटल खुल्ने भएको छ । ‘होटल मेची क्राउन’ नाम गरेको होटल विभिन्न सुबिधा सहित यहि बैशाखबाट संचालनमा ल्याउने टिमको तयारी रहेको छ । यही नयाँ बर्ष २०७७ लाई लक्षित गरेर ब्यवस्थापन टिमले होटलको सफ्ट ओपनिङको तयारी गरिरहेको छ भने असार/साउनमा ग्राण्ड ओपनिंग गर्ने तयारी सम्पूर्ण रुपमा पुरा भएको छ । होटल काँकडभिट्टा बोर्डरबाट करिब ६ किलोमिटरको दुरीमा धुलावारीमा रहने छ ।

१०५ कोठा सहित भीआइपी भिल्लासमेत रहने होटलमा स्विमिङ पुल, स्पा, हेल्थ क्लब, ब्याङक्वेट हल, डान्स क्लव, क्यासिनो समेतको सुविधा रहने छ । द पिक हस्पिटालिटीले व्यवस्थापन गर्ने होटलको विषयमा कुराकानी गर्दै होटलका जनरल म्यानेजर  नितेश पोखरेलले, यो सुरुवात मात्रै हो भन्दै बिस्तारै हस्पिटालिटीको क्षेत्रमा देश भर काम गर्ने बताएका छन् ।

भारतीय पर्यटकलाई लक्षित गर्दै खोलिएको होटलमा नेपाली ग्राहकको लागि समेत विशेष अफरको व्यवस्था रहने छ । पूर्व घुम्न आउने पर्यटकको कम्तिमा पनि एक दिनको गन्तब्य यस होटललाई बनाउने टिमको तयारी रहेको छ । नेपाली बजारमा, नेपाली लगानीमा नै नेपालीद्वारा व्यवस्थापन गरिएको पाँच तारे होटलका द पिक हस्पिटालिटी प्रा . ली  अध्यक्ष दिपक लेखक रहेका छन् । वातावरण मैत्री होटल सामाजिक व्यवसायिक उत्तरदाईत्व (सोसल कर्पोरेट रेस्पोसिबिलीटी) पुरा गर्दै संचालनको अन्तिम चरणमा पुगेको छ । सम्पूर्ण टिमलाइ मेरो फिल्मको तर्फबाट सफलताको शुभकामना ।

होटलका लागि रोजगारीको अवसर समेत खुल्ला गरिएको छ ।  सम्पूर्ण होटललाई ५००बढीको संख्यामा कामदार आवस्यकता पर्ने भए पनि हाल होटलको लागि भनेर करिव २००को संख्यामा रोजगारी खुल्ला गरेको छ । आवेदन दिनका लागि इच्छुकले अनलाइन मार्फत तथा होटलको अस्थाई अफिस धुलावारीमा गएर दिन सक्नुहुने छ ।
सम्पर्कका लागि :
https://www.facebook.com/The-Peak-Hospitality-629427727509400/

 

 

२०७६ फागुन ८ गते १६:३९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *