कमेडी फिल्म ‘हाउसफुल ४’ ट्रेलर

सफल बलिउड कमेडी फिल्म ‘हाउसफुल’ को चौथो सिरिज हाउसफुल ४को ट्रेलर सार्वजनिक भएको छ । फिल्मले कलाकारको ६००वर्ष अगाडीको जिन्दगिसंग अहिलेको जिन्दगीलाई जोड्न खोजेको छ । पहिलो जन्मका जोडी अहिले साटिएको कारण गल्ति भएको भन्दै अक्षय कुमारले अन्य साथिलाई बुझाउन खोज्दा उनी पंगु भएका छन् । फिल्मको कथा ६०० बर्ष अगाडी र पछाडी गर्दै भनिएको छ ।

फिल्ममा अक्षय कुमार, रितेश देशमुख, बबी देवल, कृति सेनन, पूजा हेगड़े, कृति खर्बंडाको मुख्य भूमिका रहेको छ । साजिद नाडियावालाको फ्रेन्चाइजमा फरहाद साम्जीले निदेशन गरेका हुन् । साजिदको निर्माण रहेको फिल्म यहि दिपावलीमा अक्टुबर २५बाट प्रदर्शनमा आउदै छ ।