‘आई एम ट्वान्टी वान’ मा धिरज र जसिता

‘इन्टु मिन्टु लण्डनमा’बाट नेपाली फिल्मी जगतमा प्रवेस गरेका नायक धिरज मगरलाई लिएर फिल्म ‘आई एम ट्वान्टी वान’ बनाउने घोषणा निर्देशक रेनाशा वान्तवा राईले केहि समय अगावै गरेकी थिइन् । बिदेशमा समेत हिरोइन खोज्न पुगेकी निर्देशक राईले अन्तत धिरजको जोडी भेटेकी छन् । फिल्म लिलीबिलीमार्फत नेपाली फिल्मी क्षेत्रमा आएकी जसिता गुरुङ नै धिरज मगरको जोडी बन्न लागेकी हुन् ।

‘इन्टु मिन्टु लण्डनमा’ धिरजको जोडीका रुपमा साम्राज्ञी आर एल शाहलाई देख्न पाइएको थियो भने यस फिल्ममा जसिता आउने भएकी छन् । जसिताको लिलिबिली र लाभ स्टेसन पछि यो तेस्रो फिल्म हो भने धिरजको दोश्रो । धिरजले पहिलो र दोश्रो पटक नै निर्देशक राईसंग काम गर्न लागेका छन् भने जसिता भने दुई फिल्ममा प्रदीप खड्कासंगको सहकार्य पछि धिरजसंग स्क्रिन सेयर गर्न लागेकी हुन् । फिल्म आउँदो बर्षको दशैंमा रिलिज गर्ने निर्देशक रेनशाले घोषणा गरिसकेकी छन् । फिल्ममा लभ स्टोरी कथा रहने छ ।