चैत ५ मा आइईसी डिजाइनर रन्वे सिजन-८

फेम नेपालको आयोजनामा आइईसी कलेजको आठौ ब्याचको ग्र्याजुएसनको अवसरमा आइईसी डिजाइनर रन्वे सिजन ८ हुने भएको छ । यहीँ मार्च १९ अर्थात चैत ५ मा हुने कार्यक्रममा फेसन कोच तथा कोरियोग्राफरको रुपमा प्रशान्त ताम्राकार रहने छन् । ताम्राकार पछिल्लो समय नेपाली फिल्म जगतमा आफ्नो अभिनय का कारण पनि चर्चामा रहने गर्छन् । उनको प्रसंसामा दर्शकले उनलाई हेन्डसम भिलेनको उपनाम सम्म दिएका छन् ।

हायात रेजिन्सी काठमान्डौमा हुने कार्यक्रमको सम्पूर्ण जिम्मेवारी फेम नेपालले सम्हाल्ने उक्त संस्थाका फाउण्डर तथा सिईओ बिमल पछाईले जानकारी दिए । सगारिका केसी र जय प्रधानले संचालन गर्ने कार्यक्रममा विभिन्न नेपाली कलाकार तथा सेलिब्रेटीको समेत उपस्थती रहने छ ।उक्त इभेन्ट आइईसी कलेज अफ आर्ट एण्ड फेशनको प्रस्तुति हो ।