सुरु भयो ‘अन्तराष्ट्रिय ब्युटी वर्कसप’

काठमाडौंमा मंगलबारदेखि ‘अन्तराष्ट्रिय ब्युटी वर्कसप’ सुरु भएको छ । एक्सपोज नेपालले आयोजना गरेको वर्कसपको उद्घाटन काठमाडौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले गरेकी थिइन् ।

कार्यक्रममा खड्गीले सौदर्य मानिसको ब्यक्तित्वसँग जोडिएको उल्लेख गर्दै आफ्नो ब्यक्तित्व बिकाश चाँहनेले न्युनतम भएपनि सौदर्यको ज्ञान राख्नु पर्ने बताईन् । सुरसुधा तथा तबला बाधक सुरेन्द्र श्रेष्ठले सौदर्य सम्बन्धि अन्तराष्ट्रिय ब्युटि वर्कसपको महत्वको बिषयमा चर्चा गर्दै बेलाबेलामा आयोजना हुने वर्कसपले सौदर्य ब्यवसायिलाई आफ्नो पेसा प्रति मर्यादिन बनाउन सहयोग गर्ने बताए ।

८० ब्युटिसियनहरुको सहभागिता रहेको वर्कसप तीन दिनसम्म चल्नेछ । वर्कसपमा भारतिय मुलकी अन्तराष्ट्रिय ब्युटिसियन पारु पटेलले बिषेश प्रशिक्षण दिनेछिन् ।

अन्तराष्ट्रिय जगतमा सौदर्य क्षेत्रमा भएको उतारचढाप जानकारी गराउने उदेश्यले वर्कसप आयोजना गरिएको एक्सपोज नेपालकी सिइयो अर्चना बस्नेतले जानकारी दिइन् । पिस कस्मेटिक नेपाल, बायो ब्युटी, बेरिनाले सहकार्य गरेको वर्कसपको सहयोगीमा रमिता श्रेष्ठ (बिभुती ब्युटि केयर ट्रेडिङ सेन्टर), गङ्गा श्रेष्ठ  (रिफ्रेस ब्युटि पार्लर, निरुपा गड्तौला (टिन क्रियटिभ) र शारदा नापित (इन्द्रेणी सिपबिकाश तालिक केन्द्र) रहेका छन् ।