फिल्म ‘ईन्टु मिन्टु लण्डनमा’को ओएसटी सार्वजनिक

फिल्म ईन्टु मिन्टु लण्डनमाको ओएसटि ‘आई एम इन्टु सि इज मिन्टु’ सार्वजनिक भएको छ । सुजिल कर्माचार्यको शब्द, संगीत तथा स्वर रहेको गीतमा श्रेया सोताङको समेत स्वर रहेको छ । गीतमा साम्राज्ञी राज्य लक्ष्मी शाह तथा धिरज मगर फिचर्ड छन् । भिडीयोमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको छ ।

फिल्मका तिन गीत ‘उडायो हावाले’, ‘लण्डनमा’ र जुरायो जुरायोसँगै ट्रेलर यसअघी नै सार्वजनिक भइसकेका छन् । प्रभु शम्शेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माण रहेको ‘इन्टु मिन्टु लण्डनमा’लाई रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन भने सुश्मिता जिरेल, सुलेखा राई र बसन्त तामाङ सह-निर्माता रहेका छन् । फिल्ममा सम्राज्ञी र शारुकसँगै धिरज मगर, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुसण पाठक, रुबी राणा शाह, बिबेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिशा बजगाई, मेलिशा गुरुङ, जेमिमा टोम्स, एन्ड्रेउ मुलान लगायतको अभिनय रहेको छ । फिल्ममा शैलेन्द्र धोज कार्कीको छायाङ्कन, रेनशा वान्तवा राई र प्रज्ज्वल शमशेर जबराको कथा रहेको छ ।