इटहरीमा नबिन र एड्रियन

पूर्वका पर्यटकीय स्थानको प्रवद्र्धन गर्ने उद्देश्यले सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । हाम्रो कार्टले भिजिट नेपाल ट्वान्टी ट्वान्टीको समेत प्रवद्र्धन गर्ने गरी कन्सर्टको आयोजना गरेका हो । आयोजक हाम्रो कार्टका प्रमुख प्रमेश श्रेष्ठले आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यसहित म्युजिक फेस्टिभल गरेको जानकारी गराए । पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६ नाम दिइएको फेस्टिभलमा एड्रियन प्रधान र नबिन के भट्टराई विशेष आकर्षण थिए ।

कार्यक्रममा दुबै गायक आफ्नो ब्यान्डसहित प्रस्तुत भए । कन्सर्टमा दुबै गायकका अलावा भ्वाइस अफ नेपाल प्रतिस्पर्धी सुशान्त केसीको पनि प्रस्तुति रहेको थियो । सुशान्त गत सिजनको भ्वाइस अफ नेपालको टप फाइभभित्र परेका प्रतिस्पर्धी थिए । कार्यक्रममा अस्तित्व ब्यान्डको पनि प्रस्तुति रहेको थियो ।

इटहरीस्थित रंगशालामा भएको कार्यक्रम यही ३० गत शनिबार बेलुकी ४ बजेबाट सुरु भएको थियो ।