योगेश काजी र योङ्ग मिनिस्टरको ‘जनआक्रोश’

योगेश काजी र योङ्ग मिनिस्टरको स्वरमा रहेको र्याप ‘जन आक्रोश’ सार्वजनिक भएको छ । गीतमा योङ्ग मिनिस्टरको शब्द, योगशको सङ्गीत रहेको छ । विक्रम आदित्य शाहको निर्देशन रहेको भिडियोमा योगेश र योङ्ग मिनिस्टरकै अभिनय रहेको छ । वीरेन्द्र भाट विपिनले छायाँकन गरेको भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् । गीतमा राजनीतिक वङ्ग्यलाई प्रस्तुत गरिएको छ ।