करणको फिल्ममा जान्वी र सलमान

जान्वी कपुरले नयाँ फिल्ममा काम गर्नका लागी हेलिकप्टर उडानको बिषयमा अध्ययन गर्दै छिन् । करण जोहरको प्रोडक्शन हाउस बाट निर्मित फिल्म ‘धर्मा’ बाट भारतीय फिल्म इन्डस्ट्रीमा पाइला राखेकी जान्वीको यो फिल्म पनि सोही प्रोडक्शन हाउसबाट बन्ने बताइएको छ ।

बहादुर पाइलट गुञ्जन सक्सेनाको जीवनीमा आधारित फिल्ममा जान्वीको अपोजिटमा दक्षिण भारतीय फिल्मका एक्टर सलमान देखिने छन् । जान्भीलाई करणले आफ्नै प्रोडक्शनको अर्को फिल्ममा पनि फाइनल गरिसकेका छन् । फिल्ममा जान्भीले हेलिकप्टर नै उडाउनु त पर्ने छैन । तर, त्यसभित्र बसेर कसरी काम गर्न सकिन्छ भन्ने बिषयमा जान्भी अहिले अध्ययन गरिरहेकी छिन् ।