जात्रै जात्राको गीत ‘जीवन जात्रा हो’ सार्वजनिक

फिल्म ‘जात्रै जात्रा’को दोश्रो गीत सार्वजनिक गरिएको छ । रिलिज हुन करिब एक महिना बाँकी रहेको समयमा फिल्मको ‘जीवन जात्रा हो’ गीत सार्वजनिक गरिएको छ । अर्जुन भट्टराईको शब्दमा काली प्रसाद बास्कोटाको संगीत तथा स्वर रहेको सार्वजनिक गीतको भिडियोमा विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँ मुख्य रुपमा फिचर्ड छन् । भिडियोमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ ।

प्रदिप भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । यज्ञश्वर पौडेल र सिंगे लामाको निर्माणमा बनेको फिल्म जेठ ३ गतेबाट प्रदर्शनमा आउने छ ।फिल्म ‘जात्रा’ले बक्स अफिसमा हिटको व्यापार गरेको कारणले पनि यसको सिक्वेल ‘जात्रै जात्रा’ प्रतिक्षामा छ ।