जात्रै जात्रा टीमसँग अन्तरकृया: व्याज खानको लागि सिक्वेल बनाइएको हो ?

आज शुक्रबारबाट फिल्म ‘जात्रै जात्रा’ले आफ्नो प्रदर्शन आरम्भ गरेको छ । प्रतिक्षित यस फिल्मलाई लिएर दर्शकले देखाएको उत्साह गज्जबको छ । मल्टिप्लेक्स हलले पनि यस फिल्मलाई राम्रो शोज दिएको छ । दिएको शोजमा दर्शकको गरेको अग्रिम बुकिङले सिट भरिनै लागेको छ ।

यस्तैमा फिल्मको प्रचारको समयमा जात्रै जात्रा टीमसँगको अन्तरकृया जस्ताको त्यस्तै :

नेपालमा सिक्वेल भनेको व्याज खानको लागि नामको मात्रै सिक्वेल बनाइन्छ । यो पनि त्यस्तै हो कि कथालाई पनि निरन्तरता दिइएको छ ?

प्रदीप भट्टराई, निर्देशक – हामीलाई जात्राबाट जात्रै जात्रा बनाउनु पर्ने बाध्यता दर्शकले नै पार्नुभएको हो । जात्रा हेरेपछि उहाँहरुले त्यो २ करोड ८० लाख कसरी नक्कली भयो भन्ने कुरामा निकै प्रश्नहरु उठाउनु भयो । उहाँहरुले नै त्यो थाहा पाउन यसको सिक्वेल बन्नुपर्छ भन्नु भएकाले हामी टिम बसेर छलफल गरेर यो बनाएका हौँ । यसमा हामीले कथा र पात्र दुबैलाई निरन्तरता दिएका पनि छौँ । त्यसैले यो व्याज मात्रै खानको लागि भने हैन् ।

के फिल्ममा त्यो २ करोड ८० लाखको कथा मात्रै छ ?

प्रदीप भट्टराई, निर्देशक – हैन, हामीले टिममा बसेर छलफल गरेपछि यो २ करोड ८० लाखले मात्र दर्शकलाई पुग्दैन है भन्ने भएर हामीले यसमा सुनको कुरालाई जोडेका छौँ ।

देशमा भएको सुन काण्डसँग फिल्म सम्बन्धित छ या छैन् ?

प्रदीप भट्टराई, निर्देशक – छैन् । यो पूर्ण रुपमा हामीले सृजना गरेको कथा हो । देशमा के काण्ड छ त्योसँग हामीलाई कुनै सरोकार नै छैन् । र यस फिल्ममा पनि त्यसको केही छैन् ।

तपाई कमेडी फिल्मको दौडमा हुनुहुन्छ ?

प्रदीप भट्टराई, निर्देशक – म कमेडी फिल्मको दौडमा छैन् । हामीले जात्रै जात्रा बनाउदा कमेडी फिल्म कनाउँछौँ भनेर बनाएको हैन् । हामीले परिवेश अनुसार संवाद तयार गरेका थियौँ, त्यसैमा दर्शक हासिदिनुभयो । त्यो हाम्रो सफलता थियो । तर, हास्नुभयो भनेर जवरजस्ती हसाउने दौडमा म छैन् ।

तपाई यस फिल्ममा नेगेटिभ क्यारेक्टरमा हो ?

दयाहाङ राई, अभिनेता – सबैले ट्रेलर हेरेर त्यहीँ आरोप लगाउनु भएको छ । तर, त्यो के हो फिल्म रिलिज पछि नै थाहा हुनेछ ।

तपाई त पूरै सुनको पछि लाग्नुभएको छ ?

दयाहाङ राई, अभिनेता – जो मान्छे पनि केही न केही कुराको पछि हुनुहुन्छ । तपाई पनि, म पनि र उ पनि । वास्तविक जीवनमा पनि पछि लागिएको हुन्छ । फिल्ममा पनि पछि लागिएको छ ।

तपाईलाई सिक्वेलको अफर आउदा कस्तो लागेको थियो ?

विपिन कार्की, अभिनेता – मलाई त केही अनौठो लागेन । उहाँहरुले जात्रै जात्रा बनाउछु भनेर आउनु हुदाँ फणिन्द्रको क्यारेक्टर मेरै हो भन्ने थियो नै । त्यसैले नर्मल नै लिए ।

फिल्ममा तपाईले निर्वाह गरेको भूमिका त्यही हो कि फरक छ ?

विपिन कार्की, अभिनेता – त्यहीँ नै हो । जात्रामा पनि फणिन्द्र बनेको थिए, यसमा पनि त्यही छ ।

तपाईलाई पहिलो भागमा भएर दोस्रोमा आउनु भएको हो भन्ने गर्छन् । यस फिल्ममा तपाईको भूमिका गज्जब छ कि शो पिस मात्रै ?

वर्षा राउत, अभिनेत्री – अब मैले मेरो क्यारेक्टर गज्जब छ त कसरी भन्न सक्छु र । त्यो त तपाईहरुले फिल्म हेरेपछि थाहा पाउनु हुन्छ । म शो पिस छु वा फिल्मको लागि चाहिने क्यारेक्टर भनेर । म चाहीँ मेरो कामबाट सन्तुष्ट छु ।

सक्वेल फिल्ममा दर्शकको अपेक्षा एकदमै उच्च हुन्छ । तर, प्राय फिल्महरु पहिलो भन्दा कमजोर नै हुन्छन् । अब यो फिल्मले दर्शकको अपेक्षा पूरा गर्ला ?

दयाहाङ राई, अभिनेता – मान्छेको अपेक्षा फरक फरक हुन्छ । त्यसैले सबैको अपेक्षा पूरा नहुन सक्छ । त्यसैले म त अपेक्षा बीना जानुस् भन्छु । जात्रामा यस्तो थियो, यसमा यस्तो होला भनेर जानुभयो भने तपाईको अपेक्षा पूरा नहुन सक्छ । त्यसैले बीना अपेक्षा जानुस् भन्छु म ।

विपिन कार्की, अभिनेता – दया दाईले भन्नुभएको जस्तै नै हो कुरा । अब अपेक्षा पूरा हुने वा नहुने भनेको दर्शकले गरेको अपेक्षा अनुसार नै हुन्छ । कसले कति अपेक्षा गर्नुभएको छ त्यही अनुसार पूरा होला ।