कलाकार जयनन्द चन्द ठकुरीको निधन

कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । उनको जेठ १८ गते आइतवार बिहान एकान्त कुनामा ९१ वर्षको उमेरमा निधन भएको हो । एक छोरी र श्रीमतीसँग बस्दै आएका उनी लामो समयदेखि प्यारालाइसीस, सुगर, प्रेसर लगायत रोगबाट पीडित थिए ।

‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायत फिल्ममा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका चन्दले भारतीय फिल्म ‘पञ्चओटी’ तथा पाकिस्तानी एक फिल्ममा समेत अभिनय गरेका छन् ।