टिकटक ट्वीनसंग प्रमोद खरेलको ‘झुमा झुमा’

गायक प्रमोद खरेलको ‘झुमा २’ सार्वजनिक भएको छ । झुमा झुमा बोलको गीतमा गायक खरेलको साथमा पल शाह, टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ । भिडियोलाई काकु अर्थात दीपक आचार्यले निर्देशन गरेका छन् । हिमान्सु राइमाझीको शब्द तथा भिम विसीको संगीतमा रहेको गीतको भिडियोलाई शुभ्म भुजेलले कोरियोग्राफी गरेका छन् । भिडियोमा सुप्रिम पराजुलिको सम्पादन तथा अर्जुन तिवारीको सिनेमेटोग्राफी रहेको छ ।