थ्री डी भर्सनमा ‘झ्याइँ झ्याइँ’

‘झ्याइँ झ्याइँ’ बोलको गीत रिलिज भएको छ । मिन विष्टको संगीत रहेको गीतमा शब्द जानु काम्बाङ लिम्बुको रहेको छ भने एरेन्ज कुमार थापाले गरेका छन् । नम्रता राई र राम धिमालको स्वरमा रहेको यो गीतले नेपाली मौलिक बाजाको झल्को दिन्छ । मिनले यस गीतमा ‘थ्री डी’ भर्सनमा प्रस्तुत गरेका छन् । दृश्यमा मात्रै तेस्रो आयाम हुँदैन, ध्वनिमा पनि तेस्रो आयाम हुन्छ, यहि मान्यतामा मिनले थ्रिडीमा यो गीत ल्याएका छन् ।