जीवन लुइँटेलको कविता ‘स्मृतिमा तिमी’ उनकै आवाजमा


सामाजिक संजालमा लामो समयबाट टाढा बसेका जीवन लुइटेल पछिल्लो समय भने युट्युवमा देखिएका छन् । ‘जीवन लुइँटेल पोइट्री’ नाममा खुलेको च्यानलमा उनले आफ्नो कविता सार्वजनिक गरेका छन् । उनले ‘बैशाखी’ उपनाम राखेर लामो समय अघि बिराटनगरमा कविता भन्ने गरेकोमा सोही उपनाम लिएर अगाडी बढेका छन् । लामो समय देखि फिल्म जगत र नेपालबाट टाढा रहेका उनले अझै पनि आफुलाई फिल्म क्षेत्रमा नै काम गर्ने भनेर चिनाउन रुचाउछन् । उनले वाचन गरेको कविता ‘स्मृतिमा तिमी’ आफुले हिन्दी फिल्म ‘मोहब्बते’ हेरेर आएको रात लेखेको बताएका छन् । यो कविता उनको ‘नायक’ कविता संग्रहमा संग्रहित रहेको छ । उनले फिल्म र कविता अन्योंन्याश्रीत भएको समेत बताएका छन् । उनले आफ्नो कविताको साथ उक्त भिडियोमा प्रकाश सायमीको ‘तिमिलाई देखेको समय’ र राजबल्लभ कोइरालाको ‘बदलिन पाए हुन्थ्यो, तिम्रै निम्ति भए पनि’ कविता समेत वाचन गरेका छन् ।

हेरौ नायक कविता संग्रहबाट ‘स्मृतिमा तिमी’ शिर्षकको उनको कविता :

अस्ति भर्खर  जस्तो लाग्छ तिमीले जीवनका गीतहरु गएको
अस्ति भर्खर जस्तो लाग्छ तिमीले जीवनका गीतहरु गएको
अतितका कथा अनि बर्तमानका कविताहरु सुनाएको ।
खै, आजकाल त तिमी पनि जुन लुकामारी खेल्न थालेउ
स्मृति मात्रै भए तिम्रा गीत कथा र कविताहरु ।

कोशिस गर्छु चिहाउन कतै पुर्णिमा नै झुल्किन्छ की
देखिसके तिमी पुलकित भएको झिलमिल ताराहरु बीच ।
साची, सुनाउन जुन तारा अनि आकाशका मिठा गीतहरु ।
सम्झन्छु तिमीले सुनाएका जीवनका पलहरु
तिम्रा सपना तिम्रा बिपना अनि आशा उमङ्गहरु ।
कति लुकामारी खेल्छौ ताराहरुसंग
आउन फेरी पनि गाउँ तिम्रा हाम्रा प्रेमका गीतहरु
कति हराउछौ औसीको निस्लोट रातहरुमा
मनको दुरबिनले तिमीलाई सिद्दै आफु भित्र कैद गर्छु ।
डाह लाग्छ तिम्रो सौन्दर्य प्रति
कतै, ताराहरु बीच नै तिमी बलात्कृत त हुने होइन ?
साची, सुनाउन तिम्रा औसीका कथाहरु
हाम्रो दुरीको साइनोसंगै निर्मोही समयले रचेका बिछोडका गीतहरु ।
अस्ति भर्खर जस्तो लाग्छ तिमीले जीवनका गीतहरु गएको
अतितका कथा नै बर्तमानका कविता सुनाएको ।
सम्झन्छु घृणामा माया खोज्ने निरासामा आसा खोज्ने अविश्वासमा विश्वास खोज्ने हारमा जीत खोज्ने  प्रेममा प्रित खोज्ने तिम्रा कविताहरु ।
खै आजकल त तिमी पनि जुन जस्तै लुकामारी खेल्न थाल्यौ
मनमनै उउद्धार भए तिम्रो हासो मुस्कान अनि ति पलहरु
स्मृति मात्रै भए तिम्रा गीत कथा अनि कविताहरु ।