जोय हनि एण्ड आलमण्ड वीन्टर बिग ब्यांगको नतिजा सार्वजनिक

जोयको उत्कृष्ट उत्पादन हनि एण्ड आलमण्ड लोसनको बजार प्रवन्र्धन गर्ने उद्देश्यले संचालित जोय हनि एण्ड आलमण्ड विग ब्यांग अफर अन्तर्गत मिति २०७६ माघ ८ गते सेल्सवेरी डिपार्टमेन्ट स्टोर सातदोवाटोमा ग्राहकहरुको उपस्थितिमा लक्की ड्र मार्फत विजेता घोषणा गरियो ।

२९ सेप्टेम्बर २०१९ देखि ३१ डिसेम्बर २०१९ सम्म संचालित कार्यक्रममा सेल्सवेरी डिपार्टमेन्ट स्टोरबाट हरेक ३००, ४००, ५०० मि.लि. जोय हनि एण्ड आलमण्ड लोसनको खरिदमा प्राप्त कुपनबाट लक्की ड्र गरी विजेताहरु घोषणा गरिएको थियो । उक्त लक्की ड्र कार्यक्रमबाट प्रथम पुरस्कार ताल्छीखेलका सोम कुमार राईले एलजी वासिंगमेसिन, द्वितिय पुरस्कार महाराजगञ्जका रामकाजीले डबल डुवर रेफ्रिजेनेटर र तृतिय पुरस्कार बानेश्वरका रोजिन प्रधानले २५,००० बरावरको स्मार्ट फोन प्राप्त गरेका थिए त्यसै गरि १५ जनाले कन्सोलेसन पुरस्कार इलेक्ट्रिक कित्ली पाएका थिए  ।