जुनियर ब्याटल–२०१९ बनिन् अनु

सातौ जुनियर ब्याटल–२०१९को उपाधि तोरन स्कुलका अनु भन्डारीले जितेकी छिन् । मिडिया ल्याण्डले शुक्रबार काठमाडौंको नाचघरमा आयोजना गरेको सो प्रतियोगितामा अनुले उपाधिसँगै एक लाख रुपैयाँ, क्राउन र विभिन्न उपहार प्राप्त गरिन् । उनले विदेशमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

प्रतियोगितामा जुनियर तर्फ फस्ट रनर अपको उपाधि पाठशाला नेपालकी श्रेया थापा र सेकेन्ड रनर अपको उपाधि पाठसाला नेपालकै कुशल लामाले जिते । यस्तै सिनिएरतर्फ फस्ट रनर अपको उपाधि एल आर आइ स्कुलबाट आजन्म सापकोटाले र सेकेन्ड रनर अपको उपाधि तोरन स्कुलबाट आस्मा थापाले हाँसिल गरे ।

कार्यक्रमको निर्णायकमा भूमिकामा गोपाल झा, सीता पाठक, निर्णय श्रेष्ठ, लसता जोशी, संगिता श्रेष्ठ, उत्तम बनेपाली, महेश महर्जन, सुबेक्षा खड्का, धर्मेन्द्र सेवान, रोहित जोन क्षत्री थिए ।