प्रसान्त नीलको फिल्ममा जुनियर एनटिआर !

‘केजिएफ’ निर्देशक प्रशान्त नीलले आउँदो फिल्ममा जुनियार एन्टीआरसँग काम गर्ने भएका छन् । निर्देशकले ‘केजिएफ २’ पछिको अर्को फिल्मको काम पनि अगाडी बढाईरहेका छन् । उनले एक ट्विट गर्दै एन्टीआरलाई जन्मोत्सवको शुभकामना दिदै उक्त विषयको खुलासा गरेका हुन्।

उनले शुभकामनाले लेखेको शब्दले अनुमान लगाउन सकिन्छ कि उनले अर्को प्रोजेक्टमा हिरो चयन गरिसकेका छन् । भारतीय मिडियाका अनुसार एन्टीआरले एसएस राजामौलीको फिल्मका कारण प्रशान्तलाई प्रोजेक्ट ढिलाई गर्न आग्रह गरेका थिए । यता प्रशान्त पनि दर्शकको बढ्दो अपेक्षाका कारण ‘केजिएफ’ को सिक्वेलमा निकै मेहनत गरिरहेका थिए । यी दुइको आफ्नो आफ्नो प्रोजेक्ट सकिएपछी उनीहरुले नयाँ थ्रिलर फिल्ममा काम अगाडी बढाउनेछन् ।