गम्भीर र नम्रताको नयाँ गीत सार्वजनिक

रिता केसी र धुर्व विश्वको आवाजमा ‘के पर्यो कान्छाको पुरा नाम’ सार्वजनिक भएको छ । धनबिर पुनको शब्द, दिपक शर्माको संगीत तथा उदय राज पौडेलको संगीतसंयोजन गीतमा रहेको छ । गम्भीर बिष्टको निर्देशन रहेको गीतको भिडियोको कोरियोग्राफी सुबोल थापाले गरेका हुन् । गम्भीर बिष्ट र नम्रता सापकोटाको अभिनय रहेको गीतको भिडियो छायांकन नवराज उप्रेतीले गरेका हुन् । नविन निरौला सम्पादित भिडियोमा शृंगार अनिता ग्वाचाको रहेको छ।