‘निर जैले रिसाउने’ फ्लेभरको कबड्डी सिरिजको ‘माया पिरती’

कार्तिक फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को गीत ‘माया पिरती’ सार्वजनिक भएको छ । गीतमा शब्द संगीत तथा स्वर काली प्रसाद बास्कोटाको रहेको छ भने अडियो मिक्सिंग जोशुआ भोलानले गरेका छन् । भिडियोमा दयाहांग राइ र उपासना सिंह ठकुरी फिचर्ड छन् । सार्वजनिक गीतमा पुरानो डुंगा फिल्मको बास्कोटाको गीत ‘निर जैले रिसाउने’ फ्लेभर कै रहेको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन बिक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डा. सिंह गुरुङ, शिला खनाल, मणि के राई लगायतको अभिनय रहेको छ । बासुरी फ़िल्म्स र सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भएको हो । माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् । फिल्ममा शैलेन्द्र डि. कार्कीको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।