आंचल-पलको ‘काफलको दाना’

हिमाल सागरको आवाज रहेको ‘काफलको दाना’ गीत सार्वजनिक भएको छ । सागरलाई गायिका विन्दु पौडेलले आवाजमा साथ दिएकी छिन् । गीतमा दिपक शर्माको शब्द तथा संगीत छ । भिडियोमा पल शाह र आँचल शर्माको अभिनय रहेको छ । गम्भिर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन छ । भिडियोको कोरियोग्राफी सिबोल थापाले गरेका हुन् ।