रविन्द्रले जित्नुको र सरिताले हार्नुको कारण ‘बागबजार र धोवी धाराको प्रतिष्पर्धा’

शनिबार नेपाल चलचित्र कलाकार संघको चुनाव सकिएको छ । अध्यक्षमा रविन्द्र खड्काले विजयी हासिल गरे । अन्य पदाधीकारीहरुमा पनि एक उपध्यक्ष बाहेक खड्काको प्यानलले नै विजयी हासिल गरेको छ । रविन्द्र खड्काले ५७ मतले पछि पार्दै सरिता लामिछानेलाई हराएका थिए । कुल खसेको ३८७ मतमा रविन्द्रको पक्षमा २१८ मत परेको थियो । सरिताले भने १६१ मै चित्त बुझाउन पर्यो ।
महासचिवमा चेतबहादुर सिंह राजाले चुनाव जिते । उनी रविन्द्र प्यानलका हुन् । तर, सुरुवाती दिनमा चेतबहादुर सरिता लामिछानेको पक्षमा थिए । पछि सरिताले महासचिव पदका उम्मेद्वार संजय खडियवडासँग गोप्य भेट गरेको थाहा पाएपछि चेतबहादुर भड्किए र रविन्द्रसँग मिल्न गए । उनी रोज राणाको आग्रहमा रविन्द्रको पक्षमा आएका थिए ।
नेकपाबाट सुरुवाती दिनमा लय संग्रौलालाई उठाउने कुरा थियो । तर, रोज राणाको समर्थन रविन्द्र प्यानलमा रहेपछि रोज आफैँले लयलाई नउठाउन भने । लयको विकल्पमा नवल खड्का थिए । तर, माहोल बनाउन समय लाग्ने बताउँदै उनी पछाडि सरे । र, रविन्द्र खड्कालाई अगाडि सारे । हिजो भएको चुनाव सरेको खण्डमा नवल खड्का उठ्ने पक्का थियो ।
किन जिते रविन्द्र खड्काले ?
१. सिनियर कलाकार
रविन्द्र खड्का पूरानो कलाकार हुन् । उनलाई धेरैले सम्मान गर्छन् । त्यो मानेमा रविन्द्र आफ्नो प्रतिष्पर्धी भन्दा बलियो देखिए । रविन्द्र यस अघि एक पटक अध्यक्ष भइसकेको हुनाले पनि चुनाव जित्न सहज भयो ।
२. पार्टीगत समर्थन
रविन्द्र खड्का प्यानललाई नेकपाको पूर्ण समर्थन थियो । सरकारमा पनि दुई तिहाइ मत ल्याएको यस पार्टीको बाहुल्यता कलाकार संघको चुनावमा पनि देखियो । नेकपामा आस्था राख्ने प्राय:ले रविन्द्रलाई नै समर्थन गरे । त्यसैले पनि उनलाई विजयी हुन सहज भयो ।
३. निवर्तमान कार्यसमितिको सपोर्ट
रविन्द्रलाई जिताउन यो भन्दा अगाडिको कार्यसममितिका मान्छेहरु लागेका थिए । उनीहरुको पूर्ण समर्थन रविन्द्र खड्कालाई जिताउन थियो । भोट माग्नेदेखि चुनावको माहोल बनाउनेसम्म उनीहरु अग्रसर देखिए । यो पनि रविन्द्रको लागि जितको सहयोगी बन्यो ।
४. रोज राणाको सहयोग
रोज राणा नेकपाका मान्छे हैनन् । तर, रोज राणाको समर्थन रविन्द्र खड्कालाई थियो । पार्टीभित्र भएको द्वन्द्वका कारण रोजले रविन्द्रलाई सहयोग गरेका थिए ।
किन हारिन सरिता ?
१. कलाकार हैन् भन्ने विवाद
चुनावी माहोल गर्माउँदै गर्दा सरिता लामिछानेलाई कलाकार हैन भनेर धेरै अपवाह फैलाइयो । केही समय अगाडि नै हुने भनिएको चुनाव सरेर हिजोसम्म आइपुगेको थियो । उनलाई कलाकार हैन् भनेर फैलाइएको हल्लाले पनि उनलाई केही हदसम्म असर गरेको हुनपर्छ ।
२. महिलाभाव देखाएर आफू कमजोर
सरिता लामिछानेले आफू उम्मेद्वार भएपछि हदैको महिलाभाव देखाइन् । आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दा समेत उनले केही नायिकाहरुको मात्र साथ मागिन् । त्यहाँ उनको प्रतिवद्धताको भन्दा पनि नायिकाहरुको कुरा बढि बिक्यो ।
३. मिडियामा रुदै हिडिन्
सरिता लामिछानेले मिडियामा धेरै पटक आशु चुहाइन् । मलाई कलाकार हैन् भनियो भन्दै आशु झारिन् । अझ, आफूमाथि परेको मुद्दाका कारण अदालत धाउँदा भोट माग्न नपाएको गुनासो पनि उनले गरेकी थिइन् ।
४. पार्टी टुक्रियो
सरिता लामिछाने काग्रेसबाट उम्मेद्वार थिइन् । तर, पूर्ण काग्रेसले सरितालाई समर्थन गरेनन् । सरिता लामिछाने पूर्व विकास बोर्ड अध्यक्ष राजकुमार राईसम्म पुगेपछि राजकुमार राईका विरोधी रोज राणाले रविन्द्र खड्कालाई सहयोग गरे । यहाँ त रविन्द्र र सरिताको प्रतिष्पर्धा भन्दा पनि राजकुमार र रोजको द्वन्द्वलाई बढि हेरियो । यो चुनावलाई ‘बागबजार र धोवी धाराको प्रतिष्पर्धा’ भनिएको थियो ।
५. सोसल मिडियामा मात्र हिट
सरिता लामिछानेलाई समर्थन गर्ने भन्दै अहिलेका चर्चित नायिकाहरुले आफ्नो फेसबुकमा स्टाटस हालेका थिए । तर, जो जसले स्टाटस लेखे उनीहरु मतदान गर्ने स्थानमा देखिएनन् । सरिता सामाजिक संजालमा मात्र हिट भइन् ।