कलंकको ‘फस्ट क्लास’ सार्वजनिक

फिल्म कलंकको गीत ‘फस्ट क्लास’ सार्वजनिक भएको छ । गीतमा अमिताभ भट्टाचार्यको शब्द प्रितमको संगीत र आर्जित सिंह र नीति मोहनको आवाज रहेको छ । अभिषेक बर्मनको निर्देशन रहेको फिल्ममा संजय दत्त,  माधुरी दिक्षित, आलिया भट्ट,  वरुण धवन,  सोनक्षी सिन्हा, आदित्य रोय कपूर लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म १७ अप्रिलबाट प्रदर्शनमा आउने छ ।