‘शोले’ का कालिया अर्थात विजू खोटे को निधन

चर्चित हिन्दी फिल्म ‘शोले’ का कालियाको निधन भएको छ । कालिया अर्थात कलाकार विजू खोटेको ७८ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनको हृदयघातका कारण निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

धेरै फिल्ममा काम गरे पनि प्रदर्शनको यतिका समय बितिसक्दा सम्म पनि उनी कालिया क्यारेक्टर बाट नै चिनिने गरेका थिए । उनले बलिउडका साथ् साथै मराठी फिल्ममा समेत गरेर करिव ३०० फिल्ममा अभिनय गरेका छन् ।