आफ्नो बायोपिक निर्देशन गर्दै कंगना

‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ को सफलतासंगै भारतीय अभिनेत्री कंगना रनावतले आफ्नो बायोपिक फिल्म निर्माण गर्ने र फिल्मको निर्देशन समेत आफै गर्ने बताएकी छन् ।

‘मणिकर्णिका…’ मार्फत निर्देशनमा हात हालेकी उनले भनिन्, ‘मेरो आफ्नै कथा मेरो अर्को निर्देशन हुनेछ । तर यो प्रोपगान्डा फिल्म होइन, मेरो फिल्मी यात्राको इमानदार प्रस्तुति हुनेछ ।’ बायोपिक मनिकर्निकाका लेखक केभी विजयेन्द्रले लेख्नेछन् । कथाको बिषयमा उनले थपिन्,‘दुई साताअघि विजयेन्द्रजीले आफूलाई मेरोबारे कथा लेख्ने अनुमति दिन भन्नुभयो । यो सुनेर म नर्भस जस्ती भएँ । तर फेरि उहाँको व्यक्तित्व र विश्वनीयताले तत्कालै मेरो धक हटाइदियो र उहाँलाई अघि बढ्न भनिदिएँ ।’ विवादमा फसिरहने कंगनाको मणिकर्णिका निर्देशकसंग समेत विवाद भइ सुटिंग समेत रोकिएको थियो ।