फिल्ममा समेत कंगना-ऋतिक टक्कर

कंगना रनावत र ऋतिक रोशनको झगडाको बिषयमा सायदै कोही बेखबर छन् । मिडियामा ऋतिकको कुरामा कंगनाले प्रत्येक पटक खुलेरै आलोचना गर्ने गरेकी छन् । यस्तैमा अब यी दुइका फिल्म समेत जुँध्ने भएको छ।

जुलाई २६, एकै मितिमा दुई फिल्म एकसाथ प्रदर्शन हुने भएका हुन् । कंगना स्टारर ‘मेन्टल है क्या’ र ऋतिक स्टारर ‘सुपर ३०’ एकै मितिमा लाग्ने पक्का भएको छ । एकै मितिमा प्रदर्शनमा आउदै गरेका यी फिल्मलाई फाइदाको साटो घाटा हुने पक्का छ । यी दुई पुर्व प्रेमीप्रेमिकाको आपसी विवाद त छेदी थियो फिल्म समेत्जुधने भएपछि पुनः एक पटक भारितय संचारमाध्यम गर्मिने पक्का भएको छ ।