कन्ट्रोल सौगातजी कन्ट्रोल !

अभिनेता सौगात मल्ललाई निरन्तर फिल्म असफल भएपछि पर्नु पिर परेको थियो । अफर आएका फिल्म नछाड्दा उनका महिना मै एउटा फिल्म रिलिज हुने अवस्था आएको थियो । उनले खेलेका फिल्मले पनि दर्शकको मन जित्न सकेनन् । लगातार फिल्म नचलेपछि सौगात हराए । दर्शकले सौगात मल्ल अब फिल्ममा देखिदैनन् कि भन्ने पनि सोचे ।

सौगात मल्ल अहिले काममा फर्किएका छन् । तर, उनको काम गर्ने तरिकाले पुरानै कुराको झल्को दिएको छ । मल्लले लप्पन छप्पन २ मा काम गर्दैछन् । फिल्मको छायांकन जेठबाटै सुरु हुने कुरो पनि आएको थियो ।

मल्लले शिशिर राणाको पोई पर्यो काले फिल्म पनि संझौता गरेका छन् । यो फिल्मलाई जेठबाट खिचिनेछ ।

सौगात मल्लले पोई पर्यो काले फिल्म खेल्ने भनेर निर्णय गरेपछि राम राम फिल्ममा पनि काम गर्ने भएका छन् ।

सौगात रिटर्न त भएका छन् फेरि उनी भकाभक फिल्म खेल्ने सोचमा देखिएका छन् । एउटा काम गरेर नतिजा हेरेपछि अर्को गर्दा हुन्न र ? कन्ट्रौल सौगातजी कन्ट्रोल ।