कस्तो परिवन्दमा परिन् करिश्मा ?

फिल्म निर्माण असफल भएपछि अभिनेत्री करिश्मा मानन्धर  स्कुल पढाई, नयाँ शक्ति पार्टीमा लागिन् । पार्टीमा लागेकी करिश्मा मानन्धर राजनीतिमा सक्रिय भएको पाइदैन । स्कुलको पढाइ उनले एसइइ दिएर बसेकी छिन् । एसइइको नजिता राम्रो आयो भने उनी प्लस टू पढाइमा लाग्नेछिन् ।

उनको नयाँ शक्ति पार्टी पनि उपेन्द्र यादवको पार्टीमा एकिकृत भैसकेको छ । नयाँ बनेको समाजवादी पार्टीमा करिश्माको भूमिका के हुन्छ भनेर खबर आएको छैन ।

करिश्माले फेसबुकमा कहिलेकाही हामी आफूले बनाएको परिवन्दमा हामी आफै पर्छौ भनेर लेखेकी छिन् ।

करिश्माले भनेको परिवन्द कस्तो होला ? उनी, नयाँ शक्ति पार्टीमा लागेर पश्चताप महशुश गर्दैछिन् कि ? कि अरु कुनै कुरालाई उनले परिवन्द भनेकी होलिन् । तर, करिश्मा आफूले बनाएको परिवन्दमा आफै फसेको बताउन थालेकी छिन्