करिश्माको आक्रोश, भन्छिन् – ‘के काम सरकार को ?’

अहिले कोरोना भाइरसको कारण विश्व नै संकटमा छ । यसका कारण प्रभावित भएकाहरुको लागि र रोग रोकथामको लागि पैसा जुटाउने कार्य पनि चलिरहेको छ । नेपालमा पनि त्यसको लागि एक कोष खडा गरिएको छ र सेलेब्रेटि तथा अन्य व्यक्तिहरुले सहयोग गर्न पनि शुरु गरिसकेका छन् । यस्तैमा अभिनेत्री करिश्मा मानन्धरले भने फेसबुकमा एक स्टाटस राख्दै ‘को सेलेब्रेटिले कति सहयोग गर्यो ?’ भन्नेहरु प्रति आक्रोश ब्यक्त गरेकी छिन् ।

उनले लेखेकी छिन् – ‘के भनेको के ? के सेलिब्रेटि ले सबै समस्या समाधान गर्नु पर्ने ? अनि के काम सरकार को ? किन भोट गरेको हामिले ? के हामी धुर्मुस , सुन्तली हौ कि रबि लामिछाने ?? हँ ?? जानुस तपाईहरुको भगवान् लाई खोज्नुस !! तर घर बस्नुस ।’

के भनेको के ? के सेलिब्रेटि ले सबै समस्या समाधान गर्नु पर्ने ? अनि के काम सरकार को ? किन भोट गरेको हामिले ?के हामी…

Gepostet von Karishmaa Manandhar am Sonntag, 29. März 2020

उनको यो स्टाटसको कुरालाई समर्थन गर्दै अभिनेत्री रेखा थापाले ‘सेलिब्रेटीले कोरोना रोक्ने बजेट जुटाउने हो र ? परे राज्यले सबैको बैंक खाता कब्जा गर्लानी । अरुले यती दिए उती दिएनन् भन्नु भन्दा सक्नेले दिऔ नसक्नेले मागौ । चन्दा फेसन जस्तो ।’ लेखेकी छिन् ।