के करिश्मा सुपरस्टार हुन् ?

अभिनेत्री करिश्मा मानन्धरलाई नेपाली फिल्ममा सदाबहार भनिन्छ । अभिनेत्रीले काम गरेको फिल्मको जुन खालको चर्चा बन्यो, त्यसलाई उनको सुन्दरताले छोपिदियो । करिश्मालाई सुपरस्टार कमैले मात्र भन्छन् । तर, सदाबहार अभिनेत्री भने सबैतिर भनिन्छ ।

नेपाली फिल्ममा अहिले आएका कुनै कुनै हिरोहरुलाई सुपरस्टार भनिएको छ । नत्र अभिनेता भूवन केसीलाई भनिएको पाइन्छ ।

तर, अभिनेत्री करिश्माले आफूलाई सुपरस्टार भनेकी छिन् । आइतबारबाट सुरु भएको एसइइ परिक्षामा सहभागी हुन पुगेकी करिश्माले एक युटुब च्यानलमा कुरा गर्दै आफूले सोचेर आफू सुपरस्टार नभएको बताइदिइन् ।

पढाइमा तपाइले पीएचडी गर्न चाहनु भएको हो भनेर सोधिएको प्रश्नमा उनले यो आफूलाई संचारमाध्यमले बनाइदिएको तर हेर्दै र गर्दै जादा हुन पनि सक्ने बताएकी छिन् । करिश्माले यो कुरामा जोडेर आफूले पहिलो फिल्ममा काम गर्दा पनि सुपरस्टार बन्छु भनेर नसोचेको बताइन् । तर, गर्दै जादा आफू सुपरस्टार भएको उनले बयान दिइन् ।

करिश्मालाई नेपाली फिल्ममा सुपरस्टार भनेर सम्बोधन गरिदैन । यही भएर पनि करिश्माले आफू सुपरस्टार भएको आफै घोषणा गरेकी हुन् कि ? जे भएपनि करिश्मालाई एसइइको शुभकामना ।