साम्राज्ञीको समर्थनमा उभिए कलाकार, अभिनेता कर्मा भन्छन्, ‘लज्जित छु तर अचम्मित छैन’

शुक्रवार अभिनेत्री साम्राज्ञी आरएल शाहले आफ्नो आधिकारीक इन्स्टाग्राममा फिल्मको सुटिङका समयमा आफुलाई निर्माता तथा निर्देशकले गरेको दुव्यवहार र आक्रोसको बारेमा बोलेकी थिइन । उनले सुटिङका समयमा भोगेको कुराहरु इन्स्टामा सेयर गरेपछि उनको समर्थन र विरोधको चर्चा चुलिन थालेको छ । उनले उठाएको आवाजलाई पछिल्लो सयम अभिनेत्री प्रियंका कार्की, आशिरमान देशराज जोशीले पनि समर्थन जनाएका छन् ।

त्यस्तै अभिनेता कर्मा शाक्यले साम्राज्ञीलाई नै समर्थन जनाएका छन् । कर्माले इन्स्टामार्फत साम्राज्ञीको समथृन जनाएका हुन् । निर्माता तथा निर्देशकबाट सहनु परेको नराम्रो व्यवहारबाट आफू लज्जित भएता पनि अचम्मित नभएको बताएका छन् । क्र्माले इन्स्टामा लेख्दै , ‘यस्तो परिस्थितिको सामना गरेपछि आफ्नो मन र मुटुबाट कुरा गर्नका लागि साहस र हिम्मत चाहिन्छन् ।’आफु पनि कुनै समय उत्पीडनमा परेको र उक्त कथा एकदिन साट्ने बताएका छन् ।

उनले भने, ‘‘हामीमध्ये धेरैले असहज र कहिले काँही अपमानजनक परिस्थितिहरू भोगेका छौं, जुन विस्तृत विविधतामा आउँछन् । कुनै दिन म पनि भावनात्मक उत्पीडनको कथा साझा गर्न चाहन्छु, जुन विषयमा मेरो परिवार, नजिकका साथीहरू र फिल्म क्षेत्रका सहयोगीहरू जानकार छन् ।’ अभिनेता कर्माका अलवा साम्राज्ञीका पक्षमा शुभेक्क्षा खड्का, सुनिशा बजगाईं, सन्ध्या केसी, निशा अधिकारी, निर्माता अर्जुन कुमार, निर्देशक कुमार भट्टराईलगायतले साम्राज्ञीलाई समर्थनमा उभिएका छन् । छन् भने शोषणको विरुद्ध बोल्ने हिम्मत गरेकोमा प्रशंसा गरेका छन् ।