काश्मिर आक्रमणका मृतकलाई अमिताभ बच्चनको सहयोग

भारतीय फिल्म जगतका बादशाह अमिताभ बच्चनले सैन्य प्रहरी जवानका परिवारलाई  आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

जम्मू–काश्मिरको पुलवामा बिहीबार भएको आत्मघाती हमलामा मारिएका केन्द्रीय रिजर्भ प्रहरी बलका जवानका परिवारलाई अमिताभ उनले २.४५ करोड भारतीय रुपैयाँ सहयोग गर्ने भएका हुन् । अमिताभले मारिएका प्रत्येक सैनिक परिवारलाई पाँच–पाँच लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् । गत वर्ष अमिताभले देशको सुरक्षाका क्रममा शहीद भएका ४४ जवानका परिवारलाई एक करोड भारतीय रुपैयाँ सहयोग गरेका थिए ।