आफ्नै युटुव च्यानलमा केकीको कलाकारिता?

अहिले डलर झार्ने सजिलो बाटो छ युटुव च्यानल । अब त युटुव अन्तर्वार्तामा रमाउने कलाकार आफैले पो च्यानल खोल्न थालेका छन् ।

केहि समय अघि अभिनेत्री प्रियंका कार्कीले आफ्नै च्यानल खोलिन् । गायिका अनिता चलाउनेको पनि आफ्नै च्यानल लामो समयबाट चल्दै आएको छ । अब त केकी अधिकारीले समेत आफ्नै च्यानल खोलेको भनेर फेसबुकमा पोस्ट गरेकी छन् ।

हलमा फिल्म चल्न छोडेको छ । केकीको फिल्म ‘रातो गलबन्दी’ आयो गयो कसैले थाहा पाएनन् । अब छ माया छपक्कै प्रदर्शनमा आउदै छ । तर फिल्म सफल भए पनि सम्पूर्ण सफलताको श्रेय उनलाई जादैन । पहिले बाट नै व्यवसायीक रुपमा सफल टिमको फिल्म हो यो । यहि बीच रियालिटी शो कमेडी च्याम्पियन आयोजना गर्दै छिन् ।

फिल्म प्रदर्शनको समय र शोसुरु हुने समय पनि एकै पर्ने सम्भावना बढी नै छ । यो अवस्थामा अब उनको अर्को चटक सुरु भएको छ । चल्न त चल्ला उनको युटुव च्यानल । तर के अब दर्शकले कलाकारलाई फिल्म हलमा होइन सामाजिक संजाल मै भेटेर चित्त बुझाउने हो ? कलाकारिताको धर्म नबिर्सिन आग्रह।