केकी प्रियंकाकी सुपरस्टार, दर्शककी ?

अभिनेत्री केकी अधिकारीले र्युमर प्रेमी आर्जन पाण्डेसँग जन्मदिन मनाइन् । केकी अधिकारीले आर्जनसँग प्रेम नभएको बताउँदै पनि आएकी छिन् । तर पनि आर्जन र केकीको चक्कर चलेको हल्ला फिल्मी क्षेत्रमा चलेको छ ।

केकी अधिकारीले जन्मदिन मनाउँदा अभिनेत्री प्रियंका कार्की भने उपस्थित थिइनन् । यही भएर उनले केकीका नाममा लामो स्टाटस लेख्दै उनलाई जन्मदिनको शुभकामना दिएकी छिन् । जसमा उनले अन्तिममा केकीलाई मेरो सुपरस्टार भनेकी छिन् ।

केकी प्रियंकाको लागि सुपरस्टार हुन् । केकी अधिकारीलाई प्रियंकाले सुपरस्टार मानिरहँदा दर्शकले भने के उनलाई प्रियंकाकै जस्तो पगरी गुथाएका छन् कि छैनन् ?

केकी अधिकारी नेपाली फिल्ममा आएदेखि आजसम्म दुई दर्जन बढी फिल्म खेलिसकिन् । तर, केकी अधिकारीको नाममा न त दर्शक हलमा तानिएका छन् न त केकी अधिकारीका फिल्म हिट छन् । केकी यस अर्थमा अनलक्की हुन् ।

केकी अधिकारी दर्शकका लागि सुपरस्टार बन्न सकेकी छैनन् । किनकी, उनका सबै फिल्म फ्लप छन् । यसैले प्रियंकाका लागि सुपरस्टार बनेकी केकी दर्शकका लागि पनि सुपरस्टार बन्न कमिकमजोरी छाडेर लाग्न आवश्यक छ ।