‘कभी कभी मेरे दिल मे’ का संगीतकारको निधन

भारतीय संगीतकार खय्यम (मोहम्मद जहुर खय्यम हाश्मी)को ९२ वर्षको उमेरमा सोमबार निधन भएको छ ।

सेनामा छोटो समय बिताई दोस्रो विश्वयुद्ध समेत लडेका उनले कविसँग सहकार्य गर्न बढी रुचि देखाएका थिए । सदाबहार गीत ‘कभी कभी मेरे दिल मे’मा कवि साहिर लुधियानवीको शब्द, खय्यमको संगीत र मुकेशको गायन सुन्न सकिन्छ ।