Joy Ads

किड्स एण्ड टिन फेशन मोडल सम्पन्न

- मेराेफिल्म

राजधानिमा ‘किड्स एण्ड टिन मोडल फेशन मोडल’ सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीको आयोनामा भएको कार्यक्रममा प्रि किड्स फेशन मोडल २०१९ यशाश्री महर्जन भएका छन् भने किड्स मेल फेशन मोडल २०१९ सहश्र प्रधान त्यस्तै किड्स फिमेल मोडल २०१९ स्लेशा बिष्ट त्यसैगरी प्रि टिन मेल फेशन मोडल २०१९ स्वागत मल्ल भए भने प्रि टिन फिमेल फेशन मोडल २०१९ बेवीशा भण्डारी भएका छन् । यि पाँचजना विजेताहरुलाई ट्रफिसँगै विभिन्न गिफ्टह्याम्पर र ७,५००।– नगद साथै थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेस्टिवल २०१९ मा भाग लिन पाउने छन् ।

त्यस्तै क्रमश रनरअपहरुमा डीएसए मिनि किड्स सुपर मोडल २०१९ सान्वी शाक्य, डीएसए प्रि किड्स सुपर मोडल २०१९ निर्जला थापा, डीएसए किड्स सुपर मोडल २०१९ विनोना डंगोल, डीएसए किड्स फेशन सुपर मोडल २०१९ विदुर भण्डारी, डीएसएन किड्स मेल सुपर मोडल २०१९ श्रीयन्श श्रेष्ठ, डीएसए किड्स फिमेल सुपर मोडल २०१९ अपेक्षा शेरचन, डीएसए प्रि टिन मेल सुपर मोडल २०१९ आरुष बस्नेत, डीएसए प्रि टिन फिमेल सुपर मोडल अंशिका अधिकारी भएका छन् ।

यस फेशन मोडलका लागि चिफ जज विश्व शारिरीक सुगठन विजेता महेश्वरमान महर्जन रहेका थिए भने अन्य जजहरुमा सोनिया गुरुङ, विनी बज्राचार्य, फडेन्द्र प्रसाई, ऋषिराम अधिकारी, अक्षयजंग रायमाझी रहेका थिए ।

इभेन्ट अर्गनाइजर फाउण्डर कमल छेत्री रहेको यस कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

२०७५ फागुन २१ गते १४:४२ मा प्रकाशित
Royal Education

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate