स्कोरसिजको नयाँ फिल्ममा लियोनार्दो र रोबर्ट डि निरो पक्का

मार्टिन स्कोरसिजको नयाँ फिल्म ‘किलर्स अफ दी फ्लावर मुन’ मा लियोनार्दो डि काप्रियो र रोबर्ट डि निरो खेल्ने पक्का भएको छ । स्क्रिन एक्टर्स गिल्डको अवार्ड कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा लियोनार्दोले उक्त कुराको पुष्टि गरेका हुन् । लियोनार्दोले डि निरो जस्तो महान अभिनेतासंग सहकार्य गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताएका छन् ।

यो फिल्म सन् २०१७ मा प्रकाशित डेभिड ग्रांसको चर्चित पुस्तक ‘किलर्स अफ दी फ्लावर मुन’ मा आधारित हुनेछ । फिल्मले सन् १९२० को दशकमा ओक्लोहोमामा तेल खानी पत्ता लागेपछि ओसाज नेसन  मा भएको थुप्रै रैथाने अमेरिकीहरुको हत्याको कथा भन्नेछ ।