के दिलिप र प्रियंका एकै उमेरका हुन् त ?   

फिल्म ‘लक्का जवान’ का लागि दिलिप रायामाजी र प्रियंका कार्की जोडीको रुपमा देखिदै छन् । दिलिप रायमाझीलाई पुरानो हिरो भन्नेको जमात ठुलै छ । हो उनले फिल्म क्षेत्र प्रवश गरेको लामो समय भयो ।

प्रियंका कार्की पनि फिल्मका लागि चर्चित नाम हो । उनी दिलिपले फिल्म क्षेत्रमा नाम बनाएको लामो समय पछी मात्रै आएकी हुन् । तर उनी ब्यस्त र टपमा नै आउने नायिकामा पर्छिन् ।

निर्माता किरण केसीले काम गर्न समेत सजिलो भएको कारण प्रियंकालाइ लिएको र आफ्नो फिल्ममा पटक पटक दोहोरिएको बताए । साथै उनले उमेर समेत एकै भएको कारण दिलिप प्रियंकाको जोडी बनाएको भने । के दिलिप र प्रियंका एकै उमेरका हुन् त ?