भारतीय कलाकार किरण कुमारलाई कोरोना संक्रमण

भारतीय कलाकार किरण कुमारलाई कोरोना भाइरसको संक्रमण छ । गत १४ मेमा परिक्षण गरेको मा रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आउने वितिकै उनी परिवार छाडेर सेल्फ आइसोलेसनमा बस्न थालेका छन् ।

उनले आफुले पौष्टिक खाना खाइरहेको र स्वस्थ्य रहेको समेत बताएका छन् । ‘कोरोना भाइरसलाई हामीले आत्मबलले जित्न सक्छौ । मलाइ कुनै लक्षण थिएन तर मैले जाँच गराएपछि पोजेटिभ आयो’ किरणले भने । पछिल्लो समय टेलिभिजनमा व्यस्त किरण ९० को दशकमा फिल्ममा व्यस्त थिए ।