‘प्रेम गीत ३’की हिरोइन क्रिस्टिनाकी आमा पनि हिरोइन

सफल फिल्म प्रेम गीत को सिरिज प्रेम गीत ३ को वर्कशपको काम चलिरहेको छ । यहि बीच मेरो फिल्मले फिल्मकी नायिकाको बिषयमा एक जानकारी प्राप्त गरेको छ । अडिसन मार्फत २७००बढीलाई पछी पार्दै ‘गीत’ को भूमिकामा छानिएकी क्रिस्टिना गुरुङ पनि फिल्मी ब्याकग्राउण्डबाट नै आएकी हुन् ।  उनकी आमा इश्वरी खड्काले यस अघि नै नेपाली फिल्ममामा काम गरेकी छन् । साथै उनले उक्त फिल्मा  लगानी समेत गरेको श्रोतले जनाएको छ ।

खड्काले जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्म ‘घनचक्कर’ मा सहअभिनेत्रीको भूमिकामा अभिनय गरेकी छन् ।  करिव १५ सिनमा देखिने उनी हिरोइन ममता प्रधानको दिदीको भूमिकामा देखिने छन् । अघिल्लो बर्षको पौष १३ गते प्रदर्शनमा आउने भनी पनि फिल्म प्रदर्शन भने हुन सकेको छैन ।

कलाकारका सन्तति कलाकारितामा नै आएका अन्य नामहरु अनमोल केसी, केकी अधिकारी, गौरव पहाडी, सलोन बस्नेत, यमन श्रेष्ठ, सज्जा मैनाली, सुहाना बस्नेत लगायत बीच क्रिस्टिनाको नाम पनि थपिएको छ । उनी सफल हुन्छिन् या हराएर जान्छिन् समयले बताउला ।https://www.merofilm.com/childrens-of-film-stars-in-film-industry/

फिल्म ‘प्रेमगीत ३’ मा शिब श्रेष्ठ, सुनिल थापा, सन्तोष शेन, प्रदीप खडका, मनिष रावत, पुष्कर कार्कि, प्रेम पुरी, नव नायिका कृष्टिना गुरुड, अनुभव रेग्मी सम्बृद्धि शाही ठकुरीलगायत रहेका छन् सन्तोष सेन र छेतान गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्म आशुसेन फिल्म्सको ब्यानरमार्फत निर्माण हुदैछ । फिल्म राजेश श्रेष्ठले खिच्ने छन् । प्रतिक्षारत फिल्म चैत्र २८ गतेबाट प्रदर्शनमा आउने छ ।
https://www.merofilm.com/kristina-gurung-khadka/