असोज १७ बाट चौथो कीर्तिपुर महोत्सव

बिजया दशमीको अवसरमा किर्तिपुरमा चौथो कीर्तिपुर महोत्सव  २०७५ हुने भएको छ । महोत्सव यहि असोज १७ गते बुधवारदेखि असोज २७ गते शनिबार सम्म किर्तिपुरको नया बजार खेलकुद मैदानमा हुने भएको छ  । पहिलेका बर्षहरुमा सामाजिक कार्य तथा औधोगिक ब्यापार मेला महोत्सब गर्दै आएको औधोगिक शान्ति नेपाल संस्था तथा नया बजार क्लब, राजकमल महर्जन तथा शशिर महर्जनको संगको संयुक्त आयोजनामा चौथो कीर्तिपुर महोत्सव २०७५ आयोजना गर्न लागेको हो ।

किर्तिपुर आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ । यसै अनुरुप यस मेलाले किर्तिपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदी गरि आर्थिक रुपले मजबुत बनाउने र किर्तिपुरलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य  सन्दिप महतले दिए  । महोत्सव दसैंको किनमेलका लागि राम्रो गन्तब्य हुने आयोजक मध्येका एक राज कमल महर्जनले बताएका छन् ।

महोत्सवमा कीर्तिपुरका देवी–देवता नृत्यसहित परम्परागत नृत्यहरु प्रस्तुत गरिने छ । यसका साथै महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिने छ । महोत्सवमा कीर्तिपुरका संस्कृति र परम्परा झल्कने प्रस्तुतीहरु समावेश गरिने छन् । उक्त अवसरमा मनोरञ्जनात्मक खेलहरु, परम्परागत नेवारी परिकारहरुको फुड फेष्टिवल पनि रहेन छ ।

मेलामा एक सय पचास भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था रहेको जानकारी ब्यबस्थापन कमिटीले गराएको छ ।

तेस्रो किर्तिपुर महोत्सव २०७५ मा करिब ३ देखि ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेला मा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकार हरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए, साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान पनि गरेका छन्  । औधोगिक शान्ति नेपाल सस्थाका उपाधक्ष्य राज कुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल तथा  बिनोद जैसवालको संयुक्त कमिटिले उक्त चौथो कीर्तिपुर महोत्सव २०७५ को सम्पूर्ण व्यस्थापन गर्ने समेत जानकारी गराईएको छ ।