नारायण वाग्लेको ‘कोरियाना कफी गफ’

लेखक तथा पत्रकार नारायण वाग्लेको पुस्तक ‘कोरियाना कफी गफ’ प्रकाशनको क्रममा रहेको छ । सोमबार ट्वीट गर्दै वाग्लेले पुस्तकको कभर सार्वजनिक गरेका छन् र केही दिनै पुस्तक बजार उपलब्ध हुने जानकारी दिएका छन् ।

पब्लिकेसन नेपालयले प्रकाशित गरेको उक्त पुस्तकमा वाग्लेका कफी गफ समावेश गरिएका छन् ।  पुस्तक फेब्रुअरी अन्त्यसम्म पाठकको हातमा पुग्ने प्रकाशक नेपालयले जनाएको छ । कान्तिपुर दैनिकका प्रधान सम्पादक रहेका वाग्लेका पल्पसा क्याफे र मयुर टाइम्स उपन्यास प्रकाशित छन्।