प्रेम गीत ३ का लागि ‘गीत’ क्यान्डीडेट क्रिस्टिना

फिल्म प्रेम गीत ३ को अडिसनमा २५ जनामा छानिएको नाम हो क्रिस्टिना गुरुङ खड्का । काठमाण्डौमा जन्मिएकी क्रिस्टिना फिल्मको अडिसन कै लागि भनेर अमेरिकाबाट नेपाल आएकी हुन् । नेपाली रजतपटमा जम्न चाहने उनी थोरै लजालु स्वभावकी छन् । प्लस टु सम्मको अध्ययन नेपालमा नै सकेर अमेरिका गएकी उनी बाल्टिमोर युनिभर्सिटीमा आइटी बिषयमा स्नातक गर्दै छिन् । परिवार सहित अमेरिकामा बस्दै आएकी उनले केहि म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् । समय समय फोटोसुटमा समेत रमाउने उनलाई मेरो फिल्मको तर्फवाट ‘गीत’ बन्ने शुभकामना ।