प्रचारप्रसारमा ‘कुम्भकरण’ टिम

फिल्म ‘कुम्भ करण’ को प्रचार प्रसार तिब्र पारीएको छ । सोमबार देखि आफ्नो प्रचार प्रसारको कार्यक्रममा फिल्मका सम्पूर्ण कलाकार उपस्तिथ रहेका छन् ।  यस फिल्मको कथामा मुख्य कलाकार शिक्षक र शिक्षिका रहेको हुनाले फिल्मको प्रचार प्रसार पनि कलेजबाटै शुरु गरेको हो ।

फिल्ममा निशा अधिकारी, गौरब पहाडी, भोलाराज सापकोटा, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउले, प्रतिभा क्षेत्री र सुधब थापाको अभिनय रहेको छ । चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको यस फिल्ममा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेका छन् भने कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण ) रहेका छन् । फिल्ममा गोबिन्द मधुर आचार्यको संगीत, कोरियोग्राफीमा सुनिल बसेल रहेका छन् । फिल्म हरि घले लामाले खिचेका छन् भने सम्पादन मिलन श्रेष्ठको रहेको छ । फिल्म जेठ १७बाट प्रदर्शनमा आउने छ ।